Saturday, March 20, 2010

'इतिहास पुरुष' गिरिजाप्रसाद कोइरालाको निधन/ आइतवार अन्त्यष्टि गरिने


काठमाडौ, चैत्र - नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको शनिबार निधन भएको छ । काँग्रेस नेता शेरबहादुर देउवाका अनुसार उनको निधन १२ बजेर १० मिनेट जाँदा भएको हो ।
'केन्दि्रय समितिको आकस्मिक बैठक बस्यो र डाक्टरहरुको सिफारिस र निर्णय अनुसार उहाँको निधन १२ बजेर १० मिनेटमा भएको निर्णय भयो' देउवाले भने । 
आइतवार बिहान ८ बजेदेखि दशरथ रंगशालामा श्रद्धाञ्जलीका लागि पार्थिक शरिरलाई राखिने छ । त्यसपछि शव यात्रा गरिने छ ।
कोइरालाको निधनको खवर सुनेपछि मण्डिखाटनरस्थित छोरी सुजाताको निवासमा भीड बढ्न थालेको छ । काँग्रेस नेताहरु आइपुगीसकेका छन् ।
सञ्चारकर्मीहरुको पनि उल्लेख्य भीड छ । मन्त्रीहरु आकस्मिक मन्त्रिपरिषद्को बैठकका लागि प्रधानमन्त्री कार्यालयतर्फ लागेका छन् । मन्त्रिपरिषद्ल् कही छिनमा कोइरालालाई दिइने सम्मानका सम्बन्धमा निर्णय गर्ने छ ।
उपस्थित भीडको अनुहार मलिन देखिन्छ । सबै जनाको मुखमा अव मुलुकको राजनीतिक कसरी अघि बढ्छ भन्ने प्रश्न छाएको देखिन्छ । संविधान जारी गर्ने मिति नजिकिंदै गर्दा र शान्ति प्रकृयामा अवरोध भइरहेको बेलामा यसका प्रमुख अभियन्त कोइरालाको निधनमा यो प्रश्न आउनु स्वभाविकै हो । 
यसअघि बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई स्वास्थस्थिति बुझेर फर्केका थिए । राष्ट्रपति र  प्रधानमन्त्री कोइरालाको अन्तिम् दर्शनका लागि आउने कार्यक्रम छ । उपराष्ट्रपति परमानन्द झा कोइराला निवास आइपुगेका छन् ।
यस्तो थियो कोइरालाको स्वास्थ्य:
'मैले कहिल्यै उहाँलाई यस्तो गलेको देखेको थिइनँ,' कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार साँझ मन्डिखाटार भेट्न पुगेका प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिक्रिया दिँदै भने, 'पहिलोपटक मैले उहाँ (कोइराला) थकित र गलेको देखें । नत्र बिरामी अवस्थामा पनि उहाँको अनुहारमा चमक पाउँथें ।'
बिहीबार राति एकाएक पखाला चलेपछि कोइरालाको स्वास्थ्यमा समस्या बढेको छ । अस्पताल नलगी चिकित्सकहरूले मन्डिखाटारस्थित निवासमै विशेष सुविधासहित उपचार गरेका छन् । प्रधानमन्त्री नेपाल मन्त्रिपरिषदका २३  सदस्यहरूसहित साँझ साढे ५ बजे कोइरालालाई भेट्न पुगेका थिए । प्रधानमन्त्रीले छोटो कुराकानी गरे पनि अन्य मन्त्रीहरू कोइरालालाई हेरेर मात्रै फर्किए ।
'प्रधानमन्त्री जाँदा गिरिजाबाबु सुतिरहनुभएको थियो । स्वास्थ्य अवस्थाबारे चिकित्सक अर्जुन कार्कीले 'बि्रफिङ' गर्नुभयो,' प्रधानमन्त्रीका प्रेस सल्लाहार विष्णु रिजालले भने, 'करिब पन्ध्र मिनेट बसाइमा गिरिजाबाबुले धेरै बोल्ने प्रयत्न गर्नुभयो तर सक्नु भएन । र्फकने बेलामा दुई वाक्य मात्रै बोल्नु भयो । उनका अनुसार गिरिजाबाबुले प्रधानमन्त्रीलाई 'राष्ट्र हितमा काम गर्नुहोस्, राष्ट्रको समस्या सहमतिका साथ अघि बढाउनुहोस्' भन्ने सुझाव दिएका थिए । दुई दिनअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई
पनि कोइरालाले 'तपाईं जिम्मेवार भएर स्थितिलाई सम्हालेर लैजानु होस् । तपाईंमा जिम्मेवारी छ' भनेका थिए ।८७ वर्षीय कोइरालाले बुधबार सहिद गंगालाल हृदय केन्द्रको शय्याबाट समेत शान्ति प्रक्रिया र संविधान निर्माण कार्य अघि नबढेकोप्रति चिन्ता व्यक्त गरेका थिए । 'मुखले मात्रै होइन, उहाँको आँखा र अनुहारले समेत शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने हो कि होइन, संविधान बन्ने हो कि होइन भन्ने चिन्ता व्यक्त गरेको म अनुभव गर्छु,' कांग्रेस केन्द्रीय सदस्य कृष्ण सिटौलाले भने । बिहीबार राति १२ बजे कोइरालालाई अचानक पखाला चल्न थालेको थियो । पखालाले च्यापेपछि शिथिल कोइरालालाई १ बजे श्वासप्रश्वासको समस्या पनि थपियो । चिकित्सकले त्यतिबेला उनको स्वास्थ्य जोखिममा रहेको बताएका थिए । पखालाले शुक्रबार दिउँसोसम्म सताएको थियो । अस्पताल लाने छलफल भए पनि कोइरालाकै इच्छामा निवासमै विशेष सुविधासहित उपचार थालिएको छ । स्लाइनबाट एन्टिबायोटिक दिइएको छ भने अक्सिजने मात्रा बढाइएको छ । प्रतिमिनेट दुई लिटर अक्सिजन दिइँदै आएकामा शुक्रबार चार लिटर पुर्‍याइएको छ । कोइरालाको स्वास्थ्यमा निरन्तर उतारचढाब आउन थालेपछि चिकित्सकले 'पूर्ण जोखिमको अवस्थामा पनि नरहेको र बुढौली उमेरका कारण जोखिममुक्त पनि नरहेको' बताएका छन् ।
उपचारमा चिकित्सकहरु जगदीश अग्रवाल, मनबहादुर केसी, अर्जुन कार्की,  आनन्द शर्मा र जेजुनाथको टोली संलग्न छ । चिकित्सकले छाती, आँखा, मस्तिष्क र होमोग्लोबिन परीक्षण गरेका थिए । अग्रवालका अनुसार कोइरालामा रक्तअल्पता देखिएको छैन र रगतमा पनि कुनै खराबी छैन । उनको स्वास्थ्य अवस्था बुझ्न दिउँसैदेखि बाहिर प्रतीक्षारत सञ्चारकर्मीलाई साँझ मात्रै अग्रवालले जानकारी गराएका थिए । 'पखाला नियन्त्रणमा आएको छ, स्वास्थ्य स्थिर छ,' उनले भने, 'रक्तअल्पताको समस्या भने देखिएकोछैन ।' कोइरालालाई गत आइतबार रक्तअल्पता (होमोग्लोबिन) देखिएका कारण सहिद गंगालाल हृदय केन्द्रमा चार दिन भर्ना गरिएको थियो । चिकित्सकहरूले बुढौली उमेरमा रगत दिएका कारण पनि शिथिलता बढेको हुन सक्ने बताएका छन् । 'बुढौली उमेरका कारण जोखिममुक्त भनेर भन्न सकिँदैन तर उच्च जोखिममा पनि छैन,' अग्रवालले भने ।
जुनसुकै बेला पनि उच्च जोखिम आउन सक्ने भन्दै कोइरालालाई कडा निगरानीमा राखिएको छ । सहयोगीका अनुसार दुई/तीन जनाको टोली चौबीसै घन्टा निगरानीमा बस्न थालेको छ । पछिल्लो समय छोरी सुजाताको मन्डिखाटारस्थित निवासमा बस्दै आएका कोइरालाको स्वास्थ्य बुझ्न कार्यकर्ता र सञ्चारकर्मीको भीड छ । संविधानसभा निर्वाचन र शान्ति प्रक्रियाको नेतृत्व लिएका कोइराला पछिल्लोपटक राजनीतिक अभिभावकको भूमिकामा छन् । उनले सबै दलका नेताहरूलाई सहमति, सहकार्य र एकताको बाटोबाट अघि बढ्न आग्रह गर्दै आएका छन् ।
कोइरालाको उपचारमा संलग्न डा. अर्जुनबहादुर कार्कीका अनुसार कोइराला बिहान पाँच बजेदेखि अचेत अबस्थामा पुगेका हुन् । त्यसपछि उनको प्रत्रिक्रिया छैन । अचेतअबस्थाबकाट फर्काउनका लागि डाक्टरहरुले प्रयास जारी राखेको उनले बताए । तर, परिवार र कोइरालाकै आग्रह अनुसार अस्पताल नलगिएको पनि उनले बताए ।

हार्दिक श्रद्धान्जली


शान्ती र संविधान पुरा गर्नु कोइरालाप्रतिको सच्चा सम्मान : प्रचण्ड


काठमाडौं, ७ चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले शान्ती, संविधान र विकासलाइ अगाडी बढाउनु नै गिरीजा प्रसाद कोइराला प्रतिको सच्चा सम्मान हुने बताउनु भएको छ । कोइरालाको निधन पछि बसेको माओवादी स्थायी समितिको वैठक लगत्तै तयार पारिएको शोक बक्तव्य जारी गर्ने क्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो ।

कोइरालालाई शिखर व्यक्तित्वका रुपमा चर्चा गर्दै प्रचण्डले सबै दलहरु मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनु भयो । धैर्यता पूर्वक अगाडि वढ्न सवै दलहरुलाइ आग्रह गर्नु भएका प्रचण्डले कोइरालाको भनाइ उदृत गर्दै आफ्नो काँधमा जिम्मेवारी आएको बताउनु भयो ।

संविधान निर्माणका लागी आफ्नो दल तयार रहेको स्पष्ट पार्दै प्रचण्डले नेपाली जनताको आकाङ्क्षा पुरा गर्न आफुहरु तयार रहेको विचार व्यक्त गर्नु भयो । प्रचण्डले शान्ती प्रकृया र गणतन्त्रलाई यहाँसम्म पुर्याउन गिरीजा प्रसाद कोइरालाले महत्वपूर्ण भुमीका निर्वाह गरेको चर्चा समेत गर्नु भएको थियो ।

कोइरालालाई पूर्व राष्ट्रप्रमुखको हैसियतमा सम्मान दिने

काठमाडौ,७ चैत । सरकारले स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई राष्टप्रमुखको हैसियतमा राजकीय सम्मानका साथ दाह संस्कार गर्ने भएको छ । कोइरालाको निधनपछि शनिबार बसेको मन्त्रीपरिषदको बिशेष बैठकले कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै पुर्व राष्ट्रप्रमुखको हैसीयतमा राजकीय सम्मान दिने निर्णय गरेको हो ।
पुर्व प्रधानमन्त्री तथा नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष गिरिजाप्रसाद कोईरालाको निधप्रति बैठकले शोक प्रस्ताव पारित गरेको छ- बैठकपछि संचारमन्त्री शंकर पोखरेलले संचारकर्मीहरुसंग भन्नुभयो- मुलुकको संक्रमणकालमा राष्ट्राध्यक्षको समेत निर्वाह गर्नुभएको कुरालाइ समेत मध्यनजर राखेर राजकीय सम्मानका साथ अन्तिम दाहसंस्कार गर्ने निर्णय भएको छ ।
कोइरालाले २०६३ साल जेठमा तत्कालिन राजाका सबै अधिकार खोसिएपछि राष्टप्रमुखको हैसियतमा काम गर्नुभएको थियो । उहाँले त्यस अघि राजाले गर्ने सवै काम गर्दै आउनभएको थियो । राष्ट्रपतिको नियुक्तिपछि मात्र उहाँ कार्यकारीमा सिमित रहनुभएको थियो ।सरकारले आईतवार सार्वजनिक बिदाको घोषणा गरेको छ । यस्तै आईतवारदेखि ३ दिनसम्मका लागि राष्ट्रिय झण्डा आधा झुकाउन सबैमा सरकारले आग्रह पनि गरेको छ । कुटनितिक नियोगहरु र बिदेशी राजदुतावासहरुमा शोक पुस्तिका राख्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुयो ।
बैठकले श्रदाञ्जली र दाहसंस्कारको कार्यतालिका पनि बनाएको छ । कोईरालाको शवको अन्तिम सम्मानका लागि आइतवार बिहान ८ बजे दशरथ रंगशालामा श्रद्धाञ्जलीका लागी राखिने भएको छ । जहाँ आठ बजेदेखी २ बजेसम्म सर्वसाधारणलाई अन्तिम श्रदाञ्जलीको लागि अवसर प्रदान गरिने मन्त्री पोखरेलले बताउनुयो । राज्यको तर्फबाट दिइने सम्मान पनि त्यही प्रदान गरिने छ- उहाले भन्नुभयो- २ बजेपछि अन्तिम शव यात्रा आरम्भ हुने छ ।
शवयात्रा दशरथ रंगशाला, आरएनएसी, रत्नपार्क, बागबजार, मैतीदेवी, पुरानो बानेश्वर, बत्तिशपुतली हुदै आर्यघाटमा लगि अन्तिम दाहसंस्कार गरिने कार्यक्रम तय भएकासंचारमन्त्री पाखेरेलले जानकारी दिनुभयो । त्यस अघि आइतबार बिहान ६ बजेदेखी ८ बजे सम्म काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा श्रद्धान्जलीका लागि कोइरालाको शव लगिने भएको छ ।

काँग्रेस सभापती कोइरालाको ८५ बर्षको उमेरमा निधन

अपरान्ह १२ बजेर ११ मिनेट जाँदा निधन
काठमाडौं, ७ फागुन ।  नेपालका पूर्वप्रधनानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको शनिबार ८५ वर्षको उमेरमा निधन भएको छ । यद्यपि यसको आधिकारिकरुपमा घोषणा हुन बाँकी छ । विगत नौ घन्टादेखि छोरी सुजाता कोइरालाको निवास मण्डिखाटारमा अचेत अवस्थामा रहनुभएका कोइरालाको अपरान्ह निधन भएको नेपाली काङ्ग्रेसका नेत्री एवम् उहाँकी सुपुत्री कोइरालाले जानकारी दिनुभयो ।

सो निधनको औपचारिक पुष्टिका लागि चिकित्सकहरूको बैठक बसिराखेको र नेपाली काङ्गे्रसको केन्द्रीय समितिको आपतकालीन बैठक जारी रहेको छ । लामोसमयदेखि स्वासप्रश्वासको रोगबट पीडित सभापति कोइरालाको शनिबार अपरान्ह १२ बजेर ११ मिनेट जाँदा निधन भएको जनाइएको छ।

काँग्रेस कार्यकर्ताद्वारा एक विद्यार्थीको हत्या :

दोलखा, ७  चैत्र । दोलखाको मीर्गे गाविसमा गएराती काँग्रेस कार्यकर्ताद्वारा एक विद्यार्थीर्को हत्या भएको छ । मृत्यु हुनेमा दोलखा जिल्ला मिर्गे गाविस वडा नम्बर ८ निवासी दिपक दाहाल रहेका छन् । अखिल क्रान्तिकारीका जिल्ला सदस्य रहेका दाहालको हत्यामा स्थानीय कांगे्रस कार्यकर्ताहरुको समुहको संलग्नता रहेको स्थानीय बासिन्दाले आशंका गरेका छन् । माओवादी दोलखाले हत्या गर्ने व्यक्तीको खोजबिन भैरहेको जनाएको छ ।

गएराती माओवादी गाविस ईन्चार्ज सहितको टोलीमाथि सो समुहले आक्रमण गरेपछि उहाँहरुसंगै रहनु भएका दाहाल बेपत्ता हुनु भएको थियो । दाहाललाई आज बिहान स्थानिय भित्तेरि खोलामा मृत अबस्थामा फेला पारिएको हो । आक्रमणमा परि माओवादी गाविस ईन्चार्ज हरिबहादुर दाहाल सहित चार जना घाईते भएका छन् ।