Tuesday, December 25, 2012

कम्युनिष्टहरुले भुलिरहेको संस्कार

- देवराज विश्वकर्मा

स्थापित मूल्य–मान्यतामाथि आक्रमण गर्दै इतिहासको गम्भीर अध्ययन र विश्लेषण गरी एउटा परिपक्व विचार कार्ल माक्र्सले अघि सारेपछि पृथ्वीभर हलचल मच्चियो । कार्ल माक्र्सले अघि सारेको विचार केवल विचार मात्र थिएन, त्यो दुनिया“लाई प्रगति र उन्नतिको मार्गमा डो¥याउने विज्ञानसम्मत विश्व दृष्टिकोण थियो । स्थापित मान्यता के थियो भने काम गर्नेहरुले गरिराख्नुपर्छ, बसेर खाने मानिसहरु भनेका भाग्य लिएर आएका मानिसहरु हुन् भन्ने थियो । धर्म, राज्य, कानूनजस्ता कृत्रिम चिजहरु सबै बसेर भाग्यको भरमा मानिस कजाएर खानेहरुको पक्षमा थिए । अधिकार भन्ने कुन चरीको नाम होला भने जस्तै थियो । जसको हातमा स्रोत साधन थिएन उनीहरु अवला थिए, कमजोर थिए । जसले धेरै जनता सताएका थिए उनीहरुको विरुद्धमा बोल्नु महापाप ठहरिन्थ्यो, अपराध ठहरिन्थ्यो । ती सबैलाई नांगेझार पार्दै न्यायप्रेमीहरुका प्रणेता कार्ल माक्र्सले नवीन विचार अघि सारेपछि आज दुनिया“ आलोकित बनिरहेको छ र आज अन्याय जति चरमचुलीमा पुगे पनि भोलि त्यो अवश्य ढल्छ, आज जतिसुकै शोषण गरिए पनि भोलि त्यसकै गर्भबाट त्यो शोषण दोहनको अन्त्य गर्ने शक्ति जन्मिन्छ भन्ने नवीन मान्यता स्थापित भइसकेको छ ।
कार्ल माक्र्स जसलाई गरीवहरुका प्रमिथस भनिन्छ, उनले अघि सारेको विचार ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद हो । यी विषयका ज्ञाता केवल कार्ल माक्र्स मात्र थिएनन्, अरस्तु, हेगेल, फायरवाखजस्ता विद्वान्–विचारकहरु पनि थिए । उनीहरुले पनि विषयवस्तुको अध्ययन विषद् रुपमै गरेका थिए । प्रत्येक वस्तुको द्वन्द्वको कारण ऊ आफै हो र त्यसको विकासोन्मुख गुणहरु प्रवल भए त्यो अघि बढ्छ पतनोन्मुख गुणहरु प्रवल भए त्यो विनाश हुन्छ भन्ने कुरा उल्लेखित विचारहरुले अध्ययन अनुसन्धान गरे पनि वस्तु अन्ततः कसरी उत्पत्ति हुन्छ भन्ने सवालमा उनीहरु चुके । वस्तुको जन्मदाता कुनै अदृश्य शक्ति रहेको रहस्य देखाए । फायरवाखले विकास गरेको भौतिवाद र हेगेलले विकास गरेको द्वन्द्ववादलाई टाउकोले टेकेको मानवको संज्ञा दिए कार्ल माक्र्सले । आफूले कुनै अद्भूत काम नगरेको, केवल टाउकोले टेकेको मान्छेलाई खुट्टाले टेक्न मात्र लगाएको कुरा कार्ल माक्र्सले गरेका छन् । मानव जातिको उत्पत्ति र विकासको समुचित विश्वदृष्टिकोण जो कार्ल माक्र्सद्वारा अघि सारिएको थियो, त्यो जति वैज्ञानिक दृष्टिकोण अर्को छैन । हालसम्म विकसित प्रविधि अनुसार गरिएको सर्वेक्षणका आधारमा भन्ने हो भने एक हजार वर्षको इतिहासमा सबैभन्दा धेरै मानव जातिलाई प्रभावित गर्ने मानवका रुपमा कार्ल माक्र्सलाई मानिएको छ । दर्शन, अर्थशास्त्र र वैज्ञानिक समाजवादजस्ता महत्वपूर्ण विषयहरुमा विषद् अध्ययन गरेका कारणले मात्र कार्ल माक्र्सलाई सम्मानित गरिएको होइन बरु मानव जातिका विद्यमान यावत् समस्याहरुलाई हल गर्ने सवालमा माक्र्सले अघि सारेको विचार नै अचूक ठहरिए ।
विचारमा समृद्ध हु“दाहु“दै त्यो लागु गर्ने संयन्त्र के हो भन्ने सवालमा कार्ल माक्र्सका सच्चा उत्तराधिकारीका रुपमा लेनिनले संगठनको क्षेत्रमा गरेको योगदान अत्यन्त महत्वपूर्ण हुन आउ“छ । पूर्व सोभियत संघका महानायक, अक्टोवर क्रान्तिका प्रणेता भि.आई (भ्लाई इल्यिय) लेनिनले कम्युनिज्मका लागि संगठन (संयन्त्र) लाई कसरी परिचालन गर्ने भन्ने विषयमा अघि सारेको विचारबाट नै आज संसारभरका कम्युनिष्टहरु आलोकित छन् । खेती गर्नका लागि गोरु, हलो, हली र आधुनिक युगमा ट्रेक्टर–ड्राइभर आदि आवश्यक परेझैं समाजलाई नया“ दिशाबाट नया“ गन्तव्यमा पु¥याउन संगठन अनिवार्य वस्तु रहेछ । कार्ल माक्र्सले इतिहासको परिचालक शक्ति जनता हुन् भनेर गरेको परिभाषा अनुसार लेनिनले समाजलाई आमूल परिवर्तनको दिशामा अघि बढाउन जनतालाई अजेय शक्ति मानेका छन् । अजेय जनताको शक्तिलाई परिचालन गरेर क्रान्तिको लक्ष्य पूरा गर्न सकिन्छ । त्यो क्रान्तिको लक्ष्य पूरा गर्ने भनेको क्रान्तिको अभिभारा पूरा गर्नु नै हो । संगठन अचूक अस्त्र भए पनि यसलाई परिचालन गर्ने सवालमा थुप्रै त्रुटिहरु छन् । यही संगठन परिचालन गर्ने सिलसिलामा देखिने सानातिना कार्यशैलीगत कमजोरीलाई सिद्धान्तको जामा पहि¥याएर अति रंगरोगन गर्दै अनेक कम्युनिष्ट पार्टी बनाउ“दै हि“ड्नु निम्न पू“जीवादी चिन्तन हो । विगतमा सोभियत मोडेलको समाजवादलाई हेर्ने मामिलामा मतमतान्तर हु“दा कम्युनिष्ट पार्टी विभाजित भए । पछि चीनमा क्रान्ति सम्पन्न भएपछि रुसको बाटो कि चीनको बाटो भनेर कम्युनिष्ट पार्टीहरु विभाजित भए । नेपालमा यतिसम्म कि एउटा देशले अर्को देशस“ग गर्ने सन्धि सम्झौताको विषयलाई लिएर कम्युनिष्ट पार्टी विभाजित भएको दुःखद् इतिहास छ ।
लेनिनले अलग–अलग देशमा आ–आफ्नैढंगले कम्युनिष्ट पार्टीले क्रान्ति सम्पन्न गर्न सक्छन् भन्ने मान्यता अघि सारेपछि त्यस देशको वस्तुगत धरातलका आधारमा क्रान्ति सम्पन्न गर्नु मूल ध्येय हो न कि अनेक बहानामा विभाजित हुनु । पार्टीहरु विभाजित हुने मात्र होइन त्यो पार्टीभित्र अनेक गुट–उपगुटहरु देखिनु, त्यसको अभ्यास गरिनु सामन्ती सोचको पराकाष्ठा हो । लेनिनले विकास गरेको लेनिनवादी संगठनात्मक पद्धतिलाई आत्मसात गर्न नसक्दा कम्युनिष्ट पार्टीलाई पर्याप्त जनताले साथ दिंदादिंदै पनि क्रान्तिको अभिभारा पूरा गर्न नसकेको अवस्था छ ।
नेतामा सामन्ती सोच, धेरै जनता भएको ठाउ“मा मात्र जान खोज्ने, कार्यकर्ता–जनताबाट धेरै स्वागत–सम्मान खोज्ने, गाडी मोटर अघिपछि कुदाउन खोज्ने, कार्यकर्ता अघिपछि लगाउने, फूलमाला, स्वागतद्वार आदि खोज्ने, कार्यकर्तालाई कोही नजिक कोही टाढा देख्ने, धेरै प्रचार प्रसारमा रमाउने, पैसा दिएर भए पनि रेडियो पत्रपत्रिकामा अन्तर्वार्ता दिने, धेरै सञ्चार माध्यममा छाउन खोज्ने, आफ्नो व्यक्तिगत प्रभाव बढाउन विरोधीस“ग सा“ठगा“ठ गर्ने, ठाटबाठ मन पराउने, पार्टीभित्र शक्ति हत्याउन अनावश्यक दलवल तयार गर्ने, प्रशंसा खोज्ने प्रवृत्तिहरु सामन्ती सोचका परिचायक हुन् । कार्यकर्तामा अनावश्यकरुपमा दलाली, चाकडी गर्ने, अनावश्यकरुपमा फुलबुट्टा भरेर प्रशंसा गर्ने, अर्को नेतालाई होच्याउने, मन परेको अमूक नेतालाई फुक्र्याउने, अमूक नेताको सम्मानमा धेरै खटिने, अमूक नेतालाई उपेक्षा गर्ने प्रवृत्ति नै कार्यकर्ताको तहबाट गुटबन्दी बढाउने चिन्ह हुन् ।
प्रत्येक विन्दु–विन्दुमा मतमतान्तर हुन सम्भव छ किनभने प्रत्येकका सोच्ने आ–आफ्नै मस्तिष्कहरु छन् । एकपटक एउटा विषयलाई टुंगोमा पु¥याउन भएको विवाद स्थायी मतभेदको कारण बन्न सक्दैन । कम्युनिष्टबाहेक अरुले हजार–लाख वर्षको अध्ययन गरेर निष्कर्ष निकाल्न सक्दैनन् । तर आज कुनै कम्युनिष्ट पार्टीले अधिवेशन नै गर्दैनन् । कम्युनिष्ट पार्टीको जीवन शुद्धिकरणको प्रक्रिया भनेकै अधिवेशन–सम्मेलनहरु हुन् । एउटा अधिवेशन सम्मेलनबाट विजयी विचार र नेतृत्व स्थायी होइन । आज हारेको नेतृत्वले भोलि विजय प्राप्त गर्न सक्छ । जित्नेहरुलाई हार्नेहरुले सहयोग गर्न सकेनन् भने भोलि उनीहरुको पनि अस्तित्व संकटमा पर्छ । आफूलाई मन परेको विषयमा निर्णय हुन सकेन भने सक्रियताबाट आवश्यकता बोध गराउन सक्नुपर्छ । तर अस्वीकृत विचारलाई पालेर अनुशासन नाघ्नु हु“दैन । बहुमत–अल्पमतको विधि नै निर्णयमा पुग्ने उच्चतम विधि हो । सर्वसम्मत निर्णयमा पुग्नु सर्वोत्तम विधि हो । एउटा अधिवेशनका प्रतिनिधिले चुनेको नेतृत्व एउटा अवधिका लागि संस्था हो । त्यो संस्थाको सम्मान गर्न सके मात्र सिंगो विचार पक्षधरको हित रक्षित बन्दछ । एक अधिवेशनदेखि अर्को अधिवेशन, एक बैठकदेखि अर्को बैठक, एक भेलादेखि अर्को भेलासम्म धैर्य गर्न नसक्नेले कसरी क्रान्तिको अभिभारा पूरा गर्न सक्लान् ? आफ्नो विषय निर्णय भएन भने अवाञ्छित ठाउ“मा बैठक–भेलाको आयोजना गर्र्नु, संस्थाको निर्णयविरुद्ध अर्को निर्णयको प्रचारवाजी गर्दै हिड्नु कदापि क्षम्य हु“दैन ।
गरीवको पक्षधर भएको हवाला दिंदैमा क्रान्ति सम्पन्न हुने भए आज मुलुक धेरै अघि पुगिसक्थ्यो । कुरा गरेर भन्दा काम गरेर लक्ष्यमा पुग्न सकिन्छ, परिणाम दिन सकिन्छ । आज हरेक कम्युनिष्ट पार्टीभित्र झा“गिएका यी प्रवृत्तिहरुको समुचित व्यवस्थापनको विधि भनेको प्रत्येक कम्युनिष्टहरुले आवधिकरुपमा आलोचना आत्मालोचनाको विधि अंगिकार गर्नैपर्दछ । अन्यथा हिंडिरहनेछौं तर लक्ष्यमा कहिल्यै पुग्नेछैनौं ।

No comments:

Post a Comment