Saturday, November 17, 2012

जहाँ ज्वाइँले सासूसँग बिहे गर्छन्

मेघालय - भारतीय समाजमा ज्वाइँलाई छोरा सरह मानिन्छ । त्यही मेघालयको गारो जनजातिमा परम्पराअनुरूप सासू र ज्वाइँको बिहे हुन्छ । यसअनुसार ज्वाइँ र सासूको सम्बन्ध श्रीमान्-श्रीमतीको रूपमा परिवर्तन हुन्छ । गारो जातिमा अझै कायम नियमअनुसार कान्छी छोरीको श्रीमान् घरज्वाइँ बनेर ससुरालीमा बस्छन् । यसलाई नोकरोम भनिन्छ । नोकरोमलाई सासूको माइतीमा श्रीमान्को मान्यता दिइन्छ । कुनै कारणवश ससुराको मृत्यु भएमा सासूको बिहे नोकरोमसँग गरिन्छ । बिहेपछि नोकरोमले छोरी र आमा दुवैको लोग्नेको रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्छ । उक्त समुदायमा शताब्दीदेखि यो परम्परा चलिआएको छ । समाजले यसलाई पूर्णरूपले स्वीकारेको छ । अहिलेका युवापिँढीले यसलाई कमै मान्यता दिए पनि यो अस्तित्वमा छ । उनीहरू खासीपछि मेघालयको दोस्रो ठूलो आदिवासी समुदाय हुन् । यो समुदायको भारतबाहेक छिमेकी बंगलादेशमा पनि बसोबास छ ।

एक तस्वीरले बर्बाद पारेको जीन्दगी


सन् २००९ को जूनमा तेहरानमा भएको प्रदर्शनमा एक महिलाको गोली हानी हत्या भयो र निदा आग सुल्तान तेहरानमा प्रदर्शनको मूख्य अनुहार बन्यो । फरक यति मात्र थियो कि जुन अनुहारलाई लिएर आक्रोस र सहानुभूतिको भेल उर्लिएको थियो, त्यो अनुहार निदा आग सुल्तानको नभएर एक विश्व विद्यालयका प्राध्यापक निदा सुल्तानीको थियो ।
एक तस्वीरले बर्बाद पारेको आफ्नो जीन्दगीको कहानी निदा सुल्तानीकै शब्दमा
-२१ जुन २००९ को विहान जब म आफ्नो अफिस पुगे र मेल खालेर हेर्दा मेरो फेसबुक एकाउन्टमा मित्रताका लागि ६७ प्रस्ताव आएका थिए । त्यसको केही घण्टामा त्यो संख्या बढेर ३ सय पुग्यो । त्यसबेलासम्म मलाई थाहा थिएन कि मेरा तस्वीर विश्वभरका टेलिभिजनसहितका सञ्चार माध्यममा पुगिसकेको छ ।मेरो विश्व विद्यालयका छात्र छात्रा प्रदर्शन गरिरहेका थिए र त्यसकै कारण म अबेर रातिसम्म विश्वविद्यालय परिसरमै थिए । त्यसबेला मलाई एक व्यक्तिको इमेल आयो । जसमा निदा आग सुल्तान नामकी एक युवतीको प्रदर्शनको क्रममा हत्या भयो । यस युवतीको बारमा कुनै पनि जानकारी उपलब्ध छैन र उनी यसबारे मसंग केही जान्न चाहन्छन् भन्ने थियो ।
घर पुग्दासम्म मलाई मेरा साथीभाई, आफन्त र मलाई चिन्ने जान्नेहरुले फोन गरे र मेरो तस्वीर सीएनएनसहितका टेलिभिजन च्यानलले देखाएको छ भन्ने सुनाए । मिडियामा मेरो अनुहार, निदा आग सुल्तानको पहिचान र उनको मृत्युलाई मिलाएर मेरो तस्वीरको खबर बनिसकेको थियो । त्यसपछि मैले फेसबुक र इमेलका माध्यमबाट आफूलाई चिन्ने र अन्यलाई प्रदर्शनका क्रममा मृत्यु भएका महिला आफू नभएको र मेरो तस्वीर गलत ठाउँमा प्रयोग भएको बताउन थालेँ । तर, मिडियामा मेरो तस्वीरको प्रयोग हुन छाडेन । मानिसहरुले मलाई सरकारको एजेन्ट भएको अरोप लगाए, जो ‘देशको नायक’ भइसकेकी निदा आग सुल्तानको फेसबुक एकाउन्ट हत्याएर पहिचानको फाइदा उटाउन खोजेको आरोप लगाउँथे ममाथि । निदा आग सुल्तानको परिवारले उनको सही तस्वीर सार्वजनिकमा गल्ती भएकोबारे प्रष्ट पार्न नखोजेका होइनन् । तर, त्यसबेलासम्म ४८ घण्टा वितिसकेको थियो ।
इरानी सरकार प्रदर्शनको दौरान भएको निदा आग सुल्तानको हत्याबाट कुनै हालतमा आफू माथि पर्न चाहन्थ्यो भने हत्याकाण्ड दिनदिनै भूसको आगोझै सल्किँदे गएको थियो ।
त्यसपछि मेरा साथीहरु मबाट टाढिँदै गए, किन की मसँग हुनु उनीहरुका लागि खतरा थियो । मेरो ब्वायफ्रेण्डले पनि मबाट टाढिनु नै सही ठाने । मेरो जीन्दगी यसरी बर्बाद हुनसक्छ भनेर मलाई विश्वास नै लागिरहेको थिएन । अन्तिम पटक जब सरकारका अधिकारीहरु मेरो घरमा आए, उनीहरुले ममाथि सीआईएको जासुस भएको आरोप लगाए र मलाई एक बयानमा हस्ताक्षर गर्न बाध्य पारे । त्यस्तो आरोप लाग्नु भनेको इरानमा मृत्यु दण्डको सजाय पाउनु पक्का थियो ।त्यसपछि म इरानबाट भागेँ र आफ्नो ज्यान बचाउन अमेरिका पुगेँ । यो पुरा घटना १२ दिनमा घटेको थियो । अर्थात २ हप्तानमा म अग्रेजीको एक प्राध्यापकबाट देशबाट भागेकी एक महिला बन्न पुगेँ ।
मलाई बसैभन्दा बढी दुःख तथा खेद अन्तराष्ट्रिय मिडियासँग छ, जसले मेरो तमाम सफाईहरुलाई अस्वीकार गर्दै गलत रुपमा मेरो तस्वीरलाई प्रयोग गर्न छाडेनन् । ममाथि जे भयो शायद म यहाँबाट उम्कने सक्ने छैन । म लामो समयसम्म तनाबमा रहेँ । मैले जीन्दगीमा जे गुमाएँ, अब त्यो पाउृने सक्ने छैन । तर पनि म जीन्दगीसँग आफ्नो लडाई जारी राख्ने छु, किनकी मलाई जीत हासिल गर्नु छ ।
को थिइन निदा आग सुल्तान ?
निदा आग सुल्तान राजनीतिक रुपमा प्रदर्शनमा कहिल्यै सक्रिय भइनन् । २६ वर्षको उमेरमा उनको टाउकोमा गोली हानेर हत्या भयो ।
इन्टरनेटको माध्यमबाट उनको हत्याको खबर फैलियो । टाइम म्यागाजिनका अनुसार यो विश्व इतिहासमा अहिलेसम्मको सबैभन्दा ठूलो मासमा देखिएको हत्या थियो । निदाको परिवारले उनको शव सार्वजनिक रुपमा अन्तिम संस्कार गर्न पाएनन् । उनको शवलाई अपमान गरिएको थियो । उनकी आमाले आमा बन्ने निदाको सपना पूरा हुन नसकेकोमा सबैभन्दा दुःख लागेको बीबीसीलाई बताएकी छिन् ।
अहिले के गर्दैछिन् निदा सुल्तानी ?
निदा सुल्तान अहिले ३५ वर्षकी भइन र अमेरिकाको एक विश्वविद्यालयमा फेलोशिप गर्दैछिन् । इरानबाट भागेर आएपछि अहिलेसम्म उनले आफ्नो परिवारसँग भेट्न पाएकी छैनन् । केही इरानी अधिकारी अहिले पनि उनलाई निदा आग सुल्तान भएको र उनले आफ्नो मृत्युको अफवाह फैलाएको बताउँछन् । उनले आफ्नो कहानीमा ‘माई स्टोलन फेस’ नामको पुस्तक समेत लेखेकी छिन् ।
बीबीसी आउटलुकमा भएको कुराकानीमा आधारित