Saturday, February 2, 2013

काला पानी लागि सक्यो अब सुस्ता लान्छु भन्छ


काला पानी लागि सक्यो अब सुस्ता लान्छु भन्छ
यसै गरी पुरै नेपाल उतै तिर तान्छु भन्छ
तिश्टा अनि काकाडा त एका देश को कथा भयो
जुन भुमी राम्रो लाग्यो त्यो म आँफै छान्छु भन्छ
बाइश गुणा ठुलो म त तर भुमी लुट्या छैन
लुट्या भए मरी जाउ यस्तै कशम खान्छु भन्छ
तिम्रै देश को पानी न हो सिच्ने मेरो भुमिलाई
त्यही भुमी बाट सधैं जीवन आफ्नो धान्छु भन्छ
सानो सहयोग गर्दा पनि नेपाली त खुशी ओ हो
त्यसैले त नेपालीलाई सच्चा मित्र ठान्छु भन्छ
बोल्नै हुन्न केही पनि थर्काउन पो खोज्छ उल्टै
भुमी लुटिस् भन्यो भने बम गोला नै हान्छु भन्छ

No comments:

Post a Comment